पत्रकार गजेन्द्र राईलाई रिहा गर्न माग

हिमाल प्रेस १२ मंसिर २०७९ १९:२७
12
SHARES
पत्रकार गजेन्द्र राईलाई रिहा गर्न माग

काठमाडौँ– नेपाल पत्रकार महासंघले पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

महासंघ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवम् निगरानी पोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटना प्रेस स्वतन्त्राविपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरेको हो।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई यही मंसिर १० गते प्रहरीले त्रियुगा नगरपालिका- ११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो।

‘कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्राविपरीतको काम हो,’  महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =