‘तिम्रो मेरो साथ’ टिजर : प्रेमपछि प्रतिशोध

हिमाल प्रेस ९ मंसिर २०७९ १७:२६
10
SHARES

काठमाडौँ- अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का मुख्य भूमिकामा रहेको फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ।

डेढ मिनेट लामो टिजरमा साम्राज्ञी र पुष्पले प्रशस्त ठाउँ पाएका छन्। उनीहरूबीच प्रेम र बदलाको कथा टिजरमा देखाइएको छ।

रमेश एमके पौडेलको निर्देशनमा बनेको फिल्म आगामी पुस २९ मा प्रदर्शनमा आउनेछ।

सबिर श्रेष्ठको पटकथा र संवाद रहेको फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, एमिली लामा, धु्रव दत्तलगायत कलाकार पनि रहेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =