आवश्यक विषयमा अन्य दलसँगै उभिन्छौं : रवि लामिछाने

हिमाल प्रेस ९ मंसिर २०७९ १५:५७
4
SHARES
आवश्यक विषयमा अन्य दलसँगै उभिन्छौं : रवि लामिछाने फाइल तस्बिर।

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार चितवन २ बाट निर्वाचितहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा उपस्थित स्थानीयवासी र मतदातासमक्ष उनले यस्तो बताएका हुन्।

देशहित, नागरिकका समस्या र जनजीविकाका लागि निरन्तर लागिरहने उनले बताए। समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनको भनाइ छ।

‘हामी निर्वाचित सांसद फरक-फरक पार्टीको भए पनि एउटै कित्तामा छौं,’ उनले भने, ‘देश हितका लागि, नागरिकका लागि चाहिने विषयमा अन्य दलसँग गठबन्धन आवश्यक परे खुलेर साथमा उभिन्छौं।’

जनजीविकाको मुद्दामा अन्य दलबीच एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनको भनाइ छ। सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

प्रकाशित: ९ मंसिर २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =