समानुपातिकतर्फ एमाले अगाडि, माओवादी चौथो

हिमाल प्रेस ९ मंसिर २०७९ ११:४४
14
SHARES
समानुपातिकतर्फ एमाले अगाडि, माओवादी चौथो

काठमाडौँ- देशभर प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ। जारी मतगणनामा नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको छ।

एमाले १० लाख ५३ हजार १९५ मतका साथ अगाडि छ। नेपाली कांग्रेसले पनि १० लाख कटाएको छ। उसले १० लाख ७ हजार ७०६ ल्याउँदै एमालेलाई पछ्याइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म तेस्रो स्थानमा छ। यो पार्टीले ४ लाख ९५ हजार ३५९ मत ल्याएको छ।

माओवादी केन्द्रले ४ लाख ६५ हजार ४७९ मत ल्याएको छ । राप्रपाले २ लाख ६६ हजार ४४९, जनता समाजवादी पार्टीले १ लाख ३० हजार ९२५, नागरिक उन्मुक्ति पार्टीले ७९ हजार ४३, जनमत पार्टीले ७८ हजार ५२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७५ हजार ४७ ल्याएको छ।

हेर्नुहोस् समानुपातिकतर्फको पछिल्लो मत परिणाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =