धादिङ २ (क) मा कांग्रेसका लम्साल विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ २१:२७
8
SHARES
धादिङ २ (क) मा कांग्रेसका लम्साल विजयी

धादिङ– धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा (क) मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी भएका हुन्।

अधिकारीलाई  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन रहेको थियो। यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका छन्। अधिकारीले १६ हजार ४ सय २२ मत पाएका छन्।

यस प्रदेशसभामा उम्मेदवार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवारहरू दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =