‘द भ्वाइस’मा परिजिता ‘टप टेन’मा

हिमाल प्रेस ७ मंसिर २०७९ १५:१८ | Wednesday, November 23, 2022
‘द भ्वाइस’मा परिजिता ‘टप टेन’मा

काठमाडौँ- अमेरिकी सांगीतिक रियालिटी सो ‘द भ्वाइस’मा सहभागी नेपाली मूलकी परिजिता बास्तोला ‘टप टेन’मा पुगेकी छन्।

१७ वर्षीया पारिजिता जोन लिजेन्ड समूहमा छन्। उनी दर्शकको मतका आधारमा उत्कृष्ट १० मा छनोट भएकी हुन्। उत्कृष्ट १३ मा उनले एडेलको गीत ‘अल आई आस्क’ गाएकी थिइन्।

उनको सांगीतिक प्रस्तुति र स्वरको चारै जना जजले प्रशंसा गरेका थिए। सोमा ब्लेक सेल्टन, ग्वेन स्टेफनी, क्यामिला काबेलो, जोन लिजेन्ड निर्णायक रहेका छन्। जोन लिजेन्ड पारिजिताको कोच हुन्।

प्रकाशित: ७ मंसिर २०७९ १५:१८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast