समानुपातिकतर्फ एकीकृत समाजवादी नवौँ स्थानमा

हिमाल प्रेस ६ मंसिर २०७९ १३:०२
12
SHARES
समानुपातिकतर्फ एकीकृत समाजवादी नवौँ स्थानमा

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मत गणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

जारी मतगणनामा एमालेले ८० हजार ३५९ मत ल्याएको छ। एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले ६८ हजार ५२७ मत ल्याएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उक्त पार्टीले ३४ हजार ७६८ मत ल्याएको छ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी ३० हजार ६९८ मतसहित चौथो स्थानमा छ। राप्रपा १९ हजार ३५६ मतसहित पाँचौँ स्थानमा रहेको छ। यसपछि जनता समाजवादी पार्टी पाँच हजार ९८३, जनमत पार्टी पाँच हजार ६१९ र नेपाल मजदुर किसान पार्टी चार ४४५ मतसहित क्रमश: छैटौँ, सातौँ र आठौँ स्थानमा छन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने तीन हजार ५४९ मतसहित नवौँ स्थानमा रहेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =