समानुपातिकतर्फ एमालेले कटायो २८ लाख १४ हजार मत

हिमाल प्रेस २० मंसिर २०७९ ८:१६
1.7k
SHARES
समानुपातिकतर्फ एमालेले कटायो २८ लाख १४ हजार मत तस्बिरः रासस

काठमाडौँ- समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २८ लाख १४ हजार ६५५ मत पाएको छ। एक करोड चार लाख ७८ हजार ७३५ मत गन्दा एमालेले अग्रता हासिल गरिरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ भने माओवादी केन्द्र ११ लाख ६४ हजार १०२ मतसहित तेस्रो स्थानमा छ। असारमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ७७८ मतसहित चौथो स्थानमा छ।

यसैगरी राप्रपाले पाँच लाख ८६ हजार ८१६, जसपा नेपालले चार लाख २० हजार ९५४ र जनमत पार्टीले तीन लाख ९४ हजार ५३८ मत ल्याएका छन्। एमालेबाट विभाजित एकीकृत समाजवादी भने दुई लाख ९६ हजार ९० मतमा सीमित छ।

प्रकाशित: २० मंसिर २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =