जितपछि गगन थापाले भने : अब संसदीय दलको निर्वाचनमा जुट्छु

हिमाल प्रेस ६ मंसिर २०७९ १२:१४
126
SHARES
जितपछि गगन थापाले भने : अब संसदीय दलको निर्वाचनमा जुट्छु

काठमाडौँ- नेपाली कांग्रेसका गगनकुमार थापाले अब संसदीय दलको निर्वाचन तयारीमा जुट्ने बताएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले चुनावी अभियान सकिएसँगै संसदीय दलको निर्वाचन तयारीमा जुट्ने बताएका हुन्। उनले आफूलाई आगामी सरकारको प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

‘जनताले स्थिर सरकार मात्रै खोजेको होइन, नयाँ चालक पनि खोजेको हो,’ उनले भने, ‘नयाँ चालक कांग्रेसले नै दिने छ, यसले गठबन्धनलाई मात्रै होइन, आमजनतालाई पनि विश्वस्त बनाउँछ।’

उनले गठबन्धनले बहुमत पनि प्राप्त गर्ने र सरकार पनि बनाउने बताएका छन्।

थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्। उनका निटकतम प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका थिएन्। दुईको अन्तर सात हजार ४४७ रहेको छ।

थापा यस क्षेत्रबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =