रोल्पामा वर्षमान अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १९:०८
12
SHARES
रोल्पामा वर्षमान अगाडि

रोल्पा– रोल्पामा प्रतिनिधिसभातर्फ वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। १ हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २ सय आठ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन सिजलले अग्रता लिएका छन्। तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेम घर्तीमगरले ६८ मत पाएका छन्। यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमल बुढाथोकीले १ सय मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =