काठमाडौँका १० क्षेत्रमा कहाँकहाँ हुँदैछ मतगणना?

हिमाल प्रेस ५ मंसिर २०७९ ७:५५
4
SHARES
काठमाडौँका १० क्षेत्रमा कहाँकहाँ हुँदैछ मतगणना? फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- काठमाडौँका १० निर्वाचन क्षेत्रका मतगणना विभिन्न १० ठाउँमा हुने भएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा केहीबारेमा मतगणना थालिनेछ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ

प्रकाशित: ५ मंसिर २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =