भोलि यी सवारी साधनमात्रै चल्नेछन् (सूचनासहित)

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५९
भोलि यी सवारी साधनमात्रै चल्नेछन् (सूचनासहित)

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन भोलि(आइतबार) सार्वजनिक सवारी साधन आउजाउ गर्न पाउँदैनन्।

निर्वाचन आयोगले मतदानको दिन(भोलि) अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने सूचना जारी गरेको छ।
आयोगले एम्बुलेन्स, शव बाहन, दमकल, खानेपानीको ट्यांकर,  फोहोरमैला बोक्ने गाडीलाई सञ्चालनका लागि कुनै सवारी पास नचाहिने बताएको छ।

त्यस्तै दूध बोक्ने सवारी, सूचना तथा प्रशासन विभाग वा प्रदेश सञ्चार रजिष्टारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सरकारी निकायले जारी गरेको परिचपत्रबाहकले पनि सवारी चलाउन पाउनेछन्।

त्यस्तै प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले पनि सवारी साधन चलाउन सक्नेछन्।
 यी सवारी साधन चल्न पाउनेछन्

प्रकाशित: ३ मंसिर २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =