देश विकासको जिम्मेवारी बोकेको हामीलाई रुमल्लिने छुट छैन : प्रचण्ड

हिमाल प्रेस १ मंसिर २०७९ ५:०१
देश विकासको जिम्मेवारी बोकेको हामीलाई रुमल्लिने छुट छैन : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत संग्रहको रूपमा टिप्पणी गरेका छन्।

बिहीबार भिडियो सन्देशमार्फत देशभरका आममतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरेका छन्।

प्रचण्डले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको  भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जीत जरुरी रहेको उल्लेख गरे।

उनले सन्देशमा भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ। हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभए उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताएका छन्।

‘प्रतिगमनलाई पारास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढ्न प्रत्यक्षतर्फ देशैभर गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हसिया हथौँडा चिह्नमा मदतान गर्न हार्दिक अपिल गर्दछु’, सन्देशमा दाहालले भनेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =