बिजुली बेचेर प्राधिकरणले कमायो ११ अर्ब १६ करोड , जाडोसँगै बन्द भयो निर्यात

हिमाल प्रेस ५ पुष २०७९ १४:४६ | Tuesday, December 20, 2022
बिजुली बेचेर प्राधिकरणले कमायो ११ अर्ब १६ करोड , जाडोसँगै बन्द भयो निर्यात फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले पुस ३ गतेसम्म भारतलाई बिजुली बेचेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ।

जेठ १९ गतेबाट हालसम्म प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको छ।

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो। तर जाडोयाम सुरु भएसँगै विद्युत् उत्पादन कम भएपछि निर्यात बन्द भएको छ। प्राधिकरणले आगामी वैशाख अन्तिम वा जेठको पहिलो साताबाट फेरि विद्युत् निर्यात सुरु हुने जनाएको छ।

सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री गरिएको थियो। जेठ २७ बाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

प्राधिकरणले कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै ८ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात हुने स्वीकृत क्षमता ४०८ मेगावाट पुगेको थियो।

प्रकाशित: ५ पुष २०७९ १४:४६ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast