काठमाडौँ- फिल्म ‘चित्रा’को ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर रहेको छ। गायक शिवाकोटीकै शब्द र संगीत रहेकाे गीतको भिडियोमा कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्का अभिनीत छन्।
घनश्याम लामिछाने निर्देशित फिल्म आगामी पौष २७ मा प्रदर्शन हुनेछ। फिल्ममा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, सिम्रन खड्का, आयुशी ढकाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
अजय अधिकारीको कथा रहेको फिल्ममा मनिश गौतमको पटकथा तथा संवाद छ। महेश पौडेलले छायांकन गरेको फिल्म सम्राट बस्नेतले द्वन्द्व निर्देशन, बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्।
फिल्मका निर्माता आशिष थापा मगर हुन्। फिल्म सन्तोष अधिकारी फिल्म्स् तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको छ।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


