काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बैठक बोलाएको उनले बताए।
प्रकाशित: २१ कार्तिक २०८० ९:१० | Tuesday, November 7, 2023
प्रतिक्रिया





