खल्तीबाट फोन पे क्यूआर स्क्यान भुक्तानी गर्दा ५० हजार जित्न सकिने

हिमाल प्रेस १९ कार्तिक २०८० १३:३५
खल्तीबाट फोन पे क्यूआर स्क्यान भुक्तानी गर्दा ५० हजार जित्न सकिने

काठमाडौँ– ‘खल्ती’ले चाडपर्वको माहोललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानीमा उपहार उपलब्ध गराएको छ।

यस अफरअनुसार फोन पे क्यूआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै रु १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्यूआर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ। उपहार स्वरूप खल्ती ग्राहकमध्ये हरेक महिना दुई विजेताले रु ५० हजार जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्।

त्यसैगरि खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक विजेताले स्मार्टवाच जित्न सक्नेछन्। साथै पहिलो पल्ट भुक्तानी लिँदा रु १०० बोनस पनि प्राप्त गर्नेछन्।

प्रकाशित: १९ कार्तिक २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =