‘वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने देखियो’

हिमाल प्रेस १९ कार्तिक २०८० ११:३८ | Sunday, November 5, 2023
‘वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने देखियो’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई १५ दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्।

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्। महामन्त्री शर्माले संसद्लाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे। संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए।

उनले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहोर्‍याए।

प्रकाशित: १९ कार्तिक २०८० ११:३८ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast