नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा

हिमाल प्रेस ४ पुष २०७९ १९:१०
6
SHARES
नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ। समाजका अध्यक्ष एवम् संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो घोषणा गरेको हो।

नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कार तथा सम्मानमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकडिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई प्रदान गरिनेछ।

‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७८’ रचनाकार एकनारायण भण्डारी, संगीतकार कालीप्रसाद बास्कोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिनेछ भने ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारी तथा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७८’ संगीतकार चन्दनकुमार श्रेष्ठलाई प्रदान गरिने आयोजित कार्यक्रममा जानकारी दिइयो।

‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाह्य पुरस्कार’ संगीत संयोजक रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७८’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिनेछ।

यस्तै ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८’ पत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरीलाई प्रदान गरिनेछ। ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ गायक आशीष सचिन गौतमलाई प्रदान गरिनेछ। सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

प्रकाशित: ४ पुष २०७९ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast