भूकम्पपीडितको उद्धारका लागि कांग्रेसले ५० लाख दिने

हिमाल प्रेस १८ कार्तिक २०८० ११:३१
2
SHARE
भूकम्पपीडितको उद्धारका लागि कांग्रेसले ५० लाख दिने

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्पको उद्धार र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ।

शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन्।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ। सयौं घाइते भएका छन्।

यस घटनाले समस्त नेपालीलाई मर्माहत र दु:खी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघसंस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast