फागुन २५ मा रेखाको ‘उपहार’

हिमाल प्रेस १७ कार्तिक २०८० १८:०२ | Friday, November 3, 2023
फागुन २५ मा रेखाको ‘उपहार’

काठमाडौँ- आगामी फागुन २५ मा रेखा थापाको फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ प्रदर्शन हुने भएको छ। शुक्रबार गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फागुन २५ लाई सारिएको जानकारी दिए। यसअघि निर्माण टिमले आगामी नयाँ वर्षमा फिल्म प्रदर्शन गर्ने  भनिएकाे  थियाे।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, शिशिर राणा, अंशु  महर्जन नव कलाकार समर्पण जंग कार्कीलगायतको अभिनय छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेका फिल्म सुलक्षण भारतीले लेखेका हुन्। फिल्ममा निरवीको पटकथा तथा संवाद छ।

रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन। विष्णु घिमिरे (कल्पित) ले छायांकन गरेको फिल्ममा देव गुरुङको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ।

 

प्रकाशित: १७ कार्तिक २०८० १८:०२ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast