सिटी एक्सप्रेसको योजनाअन्तर्गत १ लाख जित्नेको नाम घोषणा

हिमाल प्रेस १७ कार्तिक २०८० १५:१३
सिटी एक्सप्रेसको योजनाअन्तर्गत १ लाख जित्नेको नाम घोषणा

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको थियो। जसअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ लाख, हरेक हप्ता ५ जनालाई २५ हजार, ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई ५०० को वालेट टपअप र अन्त्यमा एक जना विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ।

सोही योजनाअनुरुप अहिलेसम्म ३१०० जनाले ५०० को वालेट टपअप, २० जना सप्ताहिक विजेताले २५ हजार जित्न सफल भइसकेका छन्। १ जना विजेताले १ लाख जित्न सफल भएका छन्। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन्। असोज १५ गते सुरु भएको योजना मंसिर १५ गतेसम्म चल्नेछ।

प्रकाशित: १७ कार्तिक २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =