सम्पत्ति शुद्धीकरण दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा

हिमाल प्रेस १७ कार्तिक २०८० ११:३४ | Friday, November 3, 2023
सम्पत्ति शुद्धीकरण दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा

काठमाडौँ– सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले प्रतिज्ञा गरेका छन्।

उनीहरूले बैंकको सेवा, माध्यम र खाता सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम् एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका हुन्।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादवले, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराएका हुन्।

प्रकाशित: १७ कार्तिक २०८० ११:३४ | Friday, November 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast