यूएईविरुद्ध नेपालले पहिले वलिङ गर्ने

हिमाल प्रेस १७ कार्तिक २०८० १०:५५
4
SHARES
यूएईविरुद्ध नेपालले पहिले वलिङ गर्ने

काठमाडौँ-आईसीसी टी-२० एसिया छनोट अन्तर्गत यूएईविरुद्ध नेपालमा सुरुवातमा वलिङ गर्ने भएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर नेपालले वलिङ गर्ने भएको हो।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ।

घरेलु टोली नेपाल यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ। अपराजित यात्रा कायम राखेको यूएईको लक्ष्य घरेलु दर्शकमाझ नेपालालाई स्तब्ध बनाउने छ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट यूएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन्। समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन।

आजको खेलमा अलरान्डर दीपेन्द्रसिंह ऐरी पनि सुरुवाती ११ मा परेका छन्। उनी यसअघि घाइते भएका थिए। ऐरी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन्।

प्रकाशित: १७ कार्तिक २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =