आयुर्वेदको सम्भावना र भारत-नेपालबीच सहकार्यका विषयमा छलफल

हिमाल प्रेस १७ कार्तिक २०८० ९:२०
4
SHARES
आयुर्वेदको सम्भावना र भारत-नेपालबीच सहकार्यका विषयमा छलफल

काठमाडौँ- भारतीय राजदूतावास काठमाडौंले आठौं आयुर्वेद दिवसमा आयुर्वेदको परम्परागत चिकित्सा र भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल गरेको छ।

उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गर्नुका साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराए।

उनले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारे प्रकाश पारे।

डाबर नेपालका व्यवसाय प्रमुख हरकिरत सिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताए।

चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा।श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए।

प्रकाशित: १७ कार्तिक २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast