काठमाडौँ- संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।
योसँगै गए राति १२ बजेबाट संसद् स्वतः अन्त्य भएको हो।
‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिए ।
प्रकाशित: १७ कार्तिक २०८० ६:३२ | Friday, November 3, 2023
प्रतिक्रिया




