विष्णु पौडेललाई वर्षमान पुनले भने : जनयुद्ध दिवस मनाउने निर्णय तपाईं उपप्रधानमन्त्री हुँदा भएको हो

हिमाल प्रेस १६ कार्तिक २०८० १४:०८ | Thursday, November 2, 2023
विष्णु पौडेललाई वर्षमान पुनले भने : जनयुद्ध दिवस मनाउने निर्णय तपाईं उपप्रधानमन्त्री हुँदा भएको हो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले सरकारमा भएको बेलामा नै फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने निर्णय भएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले एमाले सरकारमा रहको बेलामा नै जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका हुन्।

‘पूर्ववक्ता माननीयज्यूले फागुन १ गतेलाई दिवसको रुपमा मनाउन नहुने भन्नुभयो तर उहाँ उपप्रधानमन्त्री भएका वेला माघ १९ गते यो दिवस मनाउने निर्णय भएको हो’ ,उनले भने।

एमाले उपाध्यक्ष विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउन संसद्‌बाट प्रस्ताव पारित गर्न सरकारलाई चुनौती दिएका थिए। उनले फागुन १ गते कुनै पनि हालतमा उत्सव हुन नसक्ने टिप्पणी गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८० १४:०८ | Thursday, November 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast