ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

हिमाल प्रेस १६ कार्तिक २०८० १०:५२
8
SHARES
ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य फाइल तस्बिर।

काठमाडौँ- टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे। अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

प्रकाशित: १६ कार्तिक २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =