मुक्तिनाथ विकास बैंकले पायो ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

हिमाल प्रेस ४ पुष २०७९ १४:५९ | Monday, December 19, 2022
मुक्तिनाथ विकास बैंकले पायो ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको छ।

साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)बाट बैंकले उत्कृष्ट वित्तीय सेवा प्रवाह गरेबापत् उक्त अवार्ड पाएको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनको लागि साफामा पठाएको थियो। वार्षिक प्रतिवेदन मूल्यांकनपश्चात साफाले बैंकलाई अवार्ड दिएको हो।

राष्ट्रियस्तरको ‘ख’ वर्गको मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि बढाएको छ।

बैंकले भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएमबाट निःशुल्क पैसा निकाल्न सक्ने व्यवस्था गरेको छ।

प्रकाशित: ४ पुष २०७९ १४:५९ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast