माधव नेपाल बने एकीकृत समाजवादी संसदीय दलको नेता

हिमाल प्रेस ४ पुष २०७९ १४:५० | Monday, December 19, 2022
माधव नेपाल बने एकीकृत समाजवादी संसदीय दलको नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा सोमबार बसेको समाजवादीको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा पार्टीका सांसद राजेन्द्र पाण्डेले प्रस्ताव गरेका थिए। त्यस्तै बैठकले दलको उपनेतामा राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए।

भुसालले अहिलेकै गठबन्धन दलहरूसँग सरकारका विषयमा आवश्यक छलफल अघि बढाउने सचिवालयको निर्णयलाई संसदीय दलले समर्थन गरेको बताए।

प्रकाशित: ४ पुष २०७९ १४:५० | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast