शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल नयाँ दिल्लीमा सम्मानित

हिमाल प्रेस १३ कार्तिक २०८० १५:२८ | Monday, October 30, 2023
शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल नयाँ दिल्लीमा सम्मानित

काठमाडौँ- शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल नयाँ दिल्लीमा आयोजित एक समारोहमा सम्मानित भएका छन्।

ब्रान्डम्यान इन्डिया पीआर एण्ड प्रोमोसन द्वारा आयोजित कार्यक्रममा श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट अग्रवाल सम्मानित भएका हुन्।

अग्रवाल शिवम् सिमेन्टको स्थापनाकाल देखि नै निरन्तर कार्यरत छन्। ब्रान्डम्यान इन्डियाले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ। यसको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिसँग समन्वय गराई व्यापार बिस्तारको अवसर प्रदान गर्ने रहेको जनाइएको छ।

प्रकाशित: १३ कार्तिक २०८० १५:२८ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast