काठमाडौँ- श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध अनसन सुरु गरेकी भारती शेर्पा बेहोस भएकी छन्।
ढकाललाई संविधान दिवसको अवसरमा सरकारले सजाय माफी दिएपछि उनी अनसन बसेकी छन्। उनको अनसनबारे जानकारी दिन आज रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उनी त्यहीँ बेहस् भएकी हुन्।
भारतीका श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए। यसको चौतर्फी विरोध भइरहेको छ। सोही प्रकरणमा मानन्धरले दसैँ लगत्तै रिले अनसन सुर गरेकी थिइन्।
भारतीले आइतबारबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन्। २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो। भारती आफ्ना श्रीमान्को हत्यारालाई पुन: जेल नै पठाउनुपर्ने मागसहित विरोधमा उत्रिएकी छन्।