राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

हिमाल प्रेस ११ कार्तिक २०८० १८:१७ | Saturday, October 28, 2023
राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

भक्तपुर– कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन्।

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गरेका थिए। साथै उनले नवदुर्गा नाचसमेत अवलोकन गरेका छन्। राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्पपूजा गराएका थिए।

त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गरे।

राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका पशुपक्षीमन्त्री राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०८० १८:१७ | Saturday, October 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast