काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले नीति शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। शाहले रियलमीका नार्जो र एआईओटी एवम् वेरेबलसलगायत अन्य उत्पादनको पनि प्रवर्द्धन गर्नेछिन्। शाह मिस इन्टरनेसनल नेपाल, २०१७ की विजेता हुन्।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले नीति शाहसँगको आबद्धताले कम्पनीले नयाँ उचाइ लिने बताए। उनले भने, ‘युवा पुस्तामा लोकप्रिय छवि भएकी शाहले हाम्रो ब्रान्डलाई थप स्थापित गराउनुहुनेछ।’ शाहले यो सहकार्यले कम्पनी र आफू दुवैलाई सघाउने बताइन्।
प्रकाशित: ४ पुष २०७९ १२:३२ | Monday, December 19, 2022
प्रतिक्रिया




