त्रिदेशीय ट्वान्टी-२० क्रिकेट सिरिजको फाइनल

यूएईलाई नेपालको १६३ रनको लक्ष्य

हिमाल प्रेस १० कार्तिक २०८० १३:११
14
SHARES
यूएईलाई नेपालको १६३ रनको लक्ष्य टी–२० मा छैटौँ अर्धशतक बनाएपछि बाहिरिँदै कुशल भुर्तेल। तस्बिर स्रोत : क्यान

काठमाडौँ- राजधानीमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रन बनाएको हो।

नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए।  उनको यो टी-२०  करिअरको छैटौं अर्धशतक हो ।

यसैगरी ओपनर आसिफ सेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर आयन खानले पाँचौँ ओभरको अन्तिम बलमा आसिफ सेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए।

कप्तान रोहित पौडेलले १७ बलमा १ चौकासहित १८ रन बनाए। तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए। दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए।

युएईका आयन खानले ३ विकेट, अली नासिरले २ र जहुर खानले २ विकेट तथा जुनैद सिद्दिकले १ विकेट लिएका थिए।

तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेलको ब्याट भाँच्चिएको थियो । वैकल्पिक खेलाडी विवेक यादवले उनलाई अर्को ब्याट दिएका थिए।

प्रकाशित: १० कार्तिक २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast