एमालेको चियापान कात्तिक १५ गते

हिमाल प्रेस १० कार्तिक २०८० ११:५५ | Friday, October 27, 2023
एमालेको चियापान कात्तिक १५ गते एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ।

यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रससंघका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ।

प्रकाशित: १० कार्तिक २०८० ११:५५ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast