उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न प्रचण्ड पुगे मन्त्रीनिवास

हिमाल प्रेस ८ कार्तिक २०८० १८:३९ | Wednesday, October 25, 2023
उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न प्रचण्ड पुगे मन्त्रीनिवास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बुधबार भएको भेट। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्। पुल्चोकस्थित मन्त्रीनिवासमा पुगेर प्रधानमन्त्री दाहालले बुधबार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका हुन्।

त्यस अवसरमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ। जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका थिए।

प्रकाशित: ८ कार्तिक २०८० १८:३९ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast