एसीसी यू-१९ प्रिमियर कप

यूएईलाई नेपालले दियो २८१ रनको लक्ष्य

हिमाल प्रेस ७ कार्तिक २०८० १०:३०
16
SHARES
यूएईलाई नेपालले दियो २८१ रनको लक्ष्य तस्बिर : क्यान

काठमाडौँ- नेपालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो।

नेपालका देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका छन्। खनालको यो यू-१९ करिअरको तेस्रो शतक हो। यो शतकसँगै उनी नेपालबाट यू१९ मा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्।

यसअघि उनले यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रन बनाएका थिए। गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध उनले १ सय २५ रन बनाएका थिए।

आजको खेलमा ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए।

कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए। ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए।

दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए। पाँचौं विकेटका लागि उत्तम र दीपक डुम्रेले ५८ रनको साझेदारी गरेका थिए।

यस खेलमा खेल्ने मौका पाएका विकेटकिपर उत्तम थापा मगरले ६७ बलमा ४ चौका र १ छक्कासहित ५७ रन जोडे। हेमन्त धामी ७ र विशालविक्रम केसी ३ रनमा आउट भए। दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे।

युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिएका थिए।

प्रकाशित: ७ कार्तिक २०८० १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast