उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

हिमाल प्रेस ६ कार्तिक २०८० १२:५३ | Monday, October 23, 2023
उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’ अस्पतालबाट डिस्चार्ज भएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ- चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छ। उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन्।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो। उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममाउ पप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन्। उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। रासस

प्रकाशित: ६ कार्तिक २०८० १२:५३ | Monday, October 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast