इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव ल्याइयो

हिमाल प्रेस ५ कार्तिक २०८० १२:२८ | Sunday, October 22, 2023
इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव ल्याइयो फाइल तस्बिर

काठमाडौँ- इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आइतबार काठमाडौँ ल्याइएको छ। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीको शव इजरायलबाट दुबई हुँदै फ्लाई दुबईमार्फत काठमाडौँ ल्याइएको हाे।

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शव नेपाल ल्याइएको हो। आइतबार बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो। यसअघि शनिबार राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो।

कैलालीका आशीष चौधरीको शव भने आइतबार दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिए। आइतबार ल्याइएका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडेर विमानस्थल पुगेर मृतकप्रति श्रद्धाजञ्लि अर्पण गर्दै परिवारजनमा सहानुभूति प्रकट गरेका थिए।

प्रकाशित: ५ कार्तिक २०८० १२:२८ | Sunday, October 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast