सानिमा बैंकको ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना

हिमाल प्रेस ३ कार्तिक २०८० १४:३४ | Friday, October 20, 2023
सानिमा बैंकको ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना

काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकका लागि चाडपर्व लक्षित ‘मेड इन नेपाल’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत सानिमा बैंकले डिजिटल प्रणालीमार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यास ब्याकको व्यवस्था गरेको छ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरूसँग सहकार्य गरिएको छ। यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैंकले जनाएको छ।

असोज २७ देखि सुरु भएको योजना मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ। ग्राहकले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा मर्चेन्टहरूबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यास ब्याकको लाभ लिन सकिन्छ।

प्रकाशित: ३ कार्तिक २०८० १४:३४ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast