राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

हिमाल प्रेस ३ कार्तिक २०८० ६:५४ | Friday, October 20, 2023
राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिने भएका छन्। उनले असोज ७ गते मंगलबार अपराह्न २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्ने भएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्यूहरू, व्यवस्थापिका संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २ देखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ।

प्रकाशित: ३ कार्तिक २०८० ६:५४ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast