कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान

हिमाल प्रेस २ कार्तिक २०८० १४:५७ | Thursday, October 19, 2023
कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान

काठमाडौँ– नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन कात्तिक ११ गते चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा राखेको छ।

कांग्रेसले विजया दशमी, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन अपराह्न १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीबी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो।

कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता रहनेछ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ।

प्रकाशित: २ कार्तिक २०८० १४:५७ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast