एनसेलले ल्यायो आकर्षक रिचार्जमा बोनस अफर

हिमाल प्रेस २ कार्तिक २०८० १२:५८
एनसेलले ल्यायो आकर्षक रिचार्जमा बोनस अफर

काठमाडौँ– चाडपर्वको अवसरमा एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ। ब्यालेन्स रिचार्जमा डेटा बोनस पाइने भएकाले ग्राहकले आफ्ना साथीभाइ तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन्।

बडादसैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजनाअन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागि यस्तो अफर ल्याएको हो। जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन्। यो योजना कात्तिक १ गते लागू भई कात्तिक १५ गतेसम्म सञ्चालनमा रहनेछ।

रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमका आधारमा दुई हजार एमबी देखि आठ हजार एमबी बोनस डेटा प्राप्त गर्नेछन्। दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले चार सय एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने एक हजार ६ सय एमबी डेटा बोनस प्राप्त गर्नेछन्।

त्यस्तै पाँच सय रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४ सय अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६ सय एमबी डेटा बोनस प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा भोलुम दुई दिनका दिनका लागि मान्य रहने एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन। अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ।

प्रकाशित: २ कार्तिक २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =