नेपाललाई हङकङको ९५ रनको लक्ष्य

हिमाल प्रेस २ कार्तिक २०८० १२:४७ | Thursday, October 19, 2023
नेपाललाई हङकङको ९५ रनको लक्ष्य

काठमाडौँ– त्रिदेशीय टी २० आई सिरिजमा हङकङले नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमै समेटिएको हो

हङकङका लागि यासिम मुर्ताजा ३६ र जिसन अलीले १७ रन बनाएका थिए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि करण केसीले चार, अविनाश बोहरा र सोमपाल कामीले दुईदुई तथा कुशल मल्ल, श्याम ढकाल (मौसम) ले एकएक विकेट लिए थिए।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ। पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो।

प्रकाशित: २ कार्तिक २०८० १२:४७ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast