चीनतर्फका व्यापारिक नाका नियमित सञ्चालन हुन्छन् : प्रधानमन्त्री

हिमाल प्रेस १ कार्तिक २०८० १६:२४ | Wednesday, October 18, 2023
चीनतर्फका व्यापारिक नाका नियमित सञ्चालन हुन्छन् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार मुस्ताङ भ्रमणका क्रममा जोमसोमका स्थानीयवासीसँग। तस्बिर : रासस

जोमसोम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन्। नेकपा (माओवादी केन्द्र) मुस्ताङले बुधबार जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराएका हुन्।

‘मुस्ताङको कोरलालगायत नाकाको सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ’, प्रचण्डले भने, ‘कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो।’

प्रधानमन्त्री प्रचण्डले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे।

कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताएका छन्। नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्टारविरुद्ध सरकारले थालेको सुशासनको अभियान नरोकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रकाशित: १ कार्तिक २०८० १६:२४ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast