कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ पुनः सुरू

हिमाल प्रेस १ कार्तिक २०८० १४:१०
कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ पुनः सुरू

काठमाडौँ– कोकाकोला नेपालले दसैँ र तिहारका लागि आफ्नो लोकप्रिय अभियान ‘सम्बन्ध उत्सव स्वादसँग’ पुनः सुरु गरेको छ।

दसैँ परिवारका सबै सदस्य एकजुट हुने, परिकार बाँड्ने र आफ्नो बन्धनलाई मजबुत बनाउने समय हो। अभियानमा यही धारणालाई जोड दिन नेपालमा कलाकृतिहरू देखाउने दुईवटा लेबल राखिने छ।

दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसीभैलो खेल्नेजस्ता गतिविधि समेटेको छ। उक्त लेबल कोकाकोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले दसैँ र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्त झल्काउँछ। यो परम्परा, संस्कृति र रमाइला पल कोकाकोलाको साथ बाँड्ने उत्सव हो। जसले चाडपर्वको सिजनमा थप स्फूर्ति दिने कम्पनीको दाबी छ।

प्रकाशित: १ कार्तिक २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =