महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

हिमाल प्रेस ३० असोज २०८० १७:०१ | Tuesday, October 17, 2023
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरिएको छ।

बैंकको केन्द्रीय कार्यालय दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।

मालीगाँउका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।

प्रकाशित: ३० असोज २०८० १७:०१ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast