यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना छैन : रक्षामन्त्री खड्का

हिमाल प्रेस २९ असोज २०८० १२:२८ | Monday, October 16, 2023
यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना छैन : रक्षामन्त्री खड्का काठमाडौँमा सोमबार आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना ः लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रम उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का। तस्बिर : रासस

काठमाडौँ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भन्दै गलत सूचना प्रवाह भएको बताएका छन्।

नेपाल पत्रकार महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना : लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रममा खड्काले सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च भन्दै गलत सूचना प्रवाह भएको बताएका हुन्।

खड्काले सेनाको नियम र प्रक्रियाअनुसार उमेर र अवधिले भ्याउँदा पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था रहेको स्पष्ट पारे।

सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने कल्पना पनि गर्न नसकिने भन्दै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे। गलत सूचनाका आधारमा बनेको समाचारले भ्रम सिर्जना गरेको उपप्रधानमन्त्रीको भनाइ छ।

वर्तमान सरकारले मुलुकको संविधान ऐनकानुन र नियम दायाँबायाँ नगर्ने प्रतिबद्धता उनको छ।

प्रकाशित: २९ असोज २०८० १२:२८ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast