ग्लोबल आइएमई बैंकको दसैँ विशेष टिकटक प्रतियोगितामा ६० हजार रुपैयाँ जित्ने अवसर

हिमाल प्रेस २७ असोज २०८० १६:२५ | Saturday, October 14, 2023
ग्लोबल आइएमई बैंकको दसैँ विशेष टिकटक प्रतियोगितामा ६० हजार रुपैयाँ जित्ने अवसर

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले युवकयुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न दसैँका अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ।

प्रतियोगितामा सहभागी हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैँको सामग्री समावेश गरी तयार गरेको गीतमा टिकटक बनाई आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागीमध्य धेरै लाइक आउने तीन जनालाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार प्रदान गरिने बैंकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ।

प्रकाशित: २७ असोज २०८० १६:२५ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast